लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

चिकित्सकको ‘क्रेजी आइडिया’, खुट्टाको बूढीऔंला हातमा प्रत्यारोपण

शुक्रबार, ३० आषाढ, २०७४ मा प्रकाशित, 23613 पटक हेरिएको

काठमाडौं, असार ३० । अष्ट्रेलियाका एक ‘लिड सर्जन’ले २० वर्षीय युवकको खुट्टाको बूढीऔंला काटेर हातमा जोडिदिएका छन् ।

पश्चिम अष्ट्रेलियाका २० वर्षीय ज्याक मिचेल नाम गरेका ती युवकको बूढीऔंला भाँचिएपछि सिड्नी आँखा अस्पतालका लिड सर्जन डा.सीन निकलिनले युवककै खुट्टाको बूढीऔंला काटेर हातमा जोडिदिएका हुन् ।

मिचेलकाअनुसार गत अप्रिलमा आफ्नै फार्महाउसमा काम गरिरहेको समयमा गोरुले कुल्चिँदापछि उनको दाहिने हातको बूढीऔंला भाँचिएको थियो ।

उनले भने–‘गोरुले खुट्टाले बूढीऔंला कुल्चिदिएपछि भाँचिएको र त्यसपछि तत्काल बरफले सेकेको थिएँ ।’

यसअघि दुईपटक ८ घन्टासम्म पर्थको स्टेट क्यापिटल अस्पतालका सर्जनले औंलाको सर्जरी गरेपनि दुबै असफल भएको उनले बीबीसीलाई बताएका छन् ।

अन्त्यमा उनी चिकित्सककै सल्लाहमा दुई साताअघि सिड्नी आँखा अस्पताल आएका थिए ।

लिड सर्जन डा. सीन निकलिनले उनको हालत देखेपछि आफूलाई ‘क्रेजी आइडिया’ आएको बताए ।

उनले मिचेललाई खुट्टाको बूढीऔंला काटेर हातमा प्रतयारोपण गर्ने त ? भनेर सोधेका थिए । तर, मिचेलले शरीरको अरु अंगलाई चोट पुग्ने कुनैपनि कार्य नगर्ने बताएका थिए ।

डा. निकलिनले बारम्बार मिचेललाई सम्झाएपछि उनी तयार भए । अन्त्यमा डा. निकलिनको ‘क्रेजी आइडिया’अनुसार नै मिचेलको खुट्टाको बूढीऔंला काटेर ६ घन्टा लामो शल्यक्रियामार्फत् हातमा सफल प्रत्यारोपण गरिदिए ।

डा. निकलिनकाअनुसार उक्त प्रत्यारोपण गरिएको औंलाले काम गर्न मिचेलले करिब १२ महिना आराम गनुपर्नेछ । अस्पतालले यस्तो शल्यक्रिया पहिलोपटक गरिएको र यो निकै दुर्लभ शल्यक्रिया भएको उल्लेख गरेको छ ।

डा. निकलिनले मिचेललाई सुरुमा केही महिना हिँड्न अप्ठ्यारो हुने र पछि विस्तारै सन्तुलन मिल्ने बताए ।

उनले भने–‘अहिले मिचेलको औंला सुधारोन्मुख छ र उनको स्वास्थ्य सामान्य रहेको छ ।’

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework