लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
Shaayed 2
Gold & Diamond

भारतीयको तुलनामा नेपाली जनता खुशी : प्रतिवेदन

मंगलबार, ८ चैत, २०७३ मा प्रकाशित, 13556 पटक हेरिएको

काठमाडौं, चैत ८ । पोहोरभन्दा खुसी हुनुहुन्छ कि दुःखी ? राजनीतिक अवस्थालाई दोष दिदैं भन्नु होला, ‘खुसी हुने अवस्थै छैन ।’

यस्तै सोचाइ हो भने तपाई विश्वभरकै खुसी मापनकर्तालाई चुनौती दिदैं हुनुहुन्छ । राजनीतिक अस्थिरतालाई दोष दिदैं दैनिक करिब १५ सय युवा विदेसिने गरेका बेला विश्व खुसी सूचकमा भने नेपाल पोहोरभन्दा ८ स्थानमाथि उक्लेको छ । अर्थात्, पोहोरभन्दा यसपालि नेपालीहरु खुसी छन् ।

न्युयोर्कस्थित राष्ट्रसंघ मुख्यालयमा सोमबार सार्वजनिक ‘विश्व खुसी प्रतिवेदन २०१७’ (वर्ल्ड ह्यापिनेस रिपोर्ट) अनुसार गत वर्षको तुलनामा नेपालीको खुसी थपिएको हो । प्रतिवेदनअनुसार नेपाल ९९ औं स्थानमा छ । अघिल्लो वर्ष १०७ औं स्थानमा थियो ।

प्रतिवेदनअनुसार नेपाली भारतीयभन्दा खुसी छन् भने पाकिस्तानीभन्दा दुःखी । सार्क सदस्यमुलुकमध्ये नेपाल तेस्रो खुसी मुलुकमा परेको छ । सार्कमा पाकिस्तान सबैभन्दा खुसी मुलुक पर्छ भुटान दोस्रो स्थानमा छ । –कान्तिपुर दैनिकबाट

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया



Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework