लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

टोटनह्याम हट्सपरद्वारा लेस्टर सिटी ६–१ ले पराजित

शुक्रबार, ५ जेष्ठ, २०७४ मा प्रकाशित,

काठमाडौं, जेठ ५ । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा टोटनह्याम हट्सपरले शानदार जित हात पारेको छ । टोटनह्यामले अघिल्लो सिजनको च्याम्पियन लेस्टर सिटीलाई उसैको मैदानमा ६–१ ले पराजित गरेको हो ।

खेलमा टोटनह्यामलाई विजयी गराउन ह्यारी केनले ४ गोल गर्दा हिउङ मिन सनले दुई गोल थपे । पराजित टोली लेस्टर सिटीका बेन चिलवेलले एक गोल फर्काए ।

गएरातिको खेलसँगै इङ्लिस प्रिमियर लिग फुटबलमा ३७ औं चरणमा खेल सकिएका छन् । लिगमा अब एक चरणको खेलमात्रै बाँकी छ ।

अन्तिम चरणका खेलहरु यही आइतबार हुनेछन् । उक्त खेलपछि शीर्ष चारभित्र पर्ने टोलीको टुंगो लाग्नेछ । शीर्ष दुई स्थानमा चेल्सी र टोटनह्याम सुरक्षित भईसकेका छन् ।

अब म्यान्चेस्टर सिटी, लिभरपुल र आर्सनल मध्ये दुईवटा टोली च्याम्पियन्स लिगको लागि छनोट हुनेछन् । अन्तिम खेलमा म्यान्चेस्टर सिटीले वाट्फोर्डसँग, लिभरपुलले मिडिल्सब्रोसँग तथा आर्सनलले एभर्टनसँग खेल्नेछन् । यसपटकको लिगबाट सण्डरल्याण्ड, मिडिल्सब्रो र हल सिटी दोस्रो श्रेणीमा झरेका छन् ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework