लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest
sagoon new
Gold & Diamond

‘नियतवस्’ दक्षिण अफ्रिकालाई पेनाल्टी हान्ने अवसर दिएपछि घानाका रेफ्रीमाथि आजीवन प्रतिबन्ध

मंगलबार, ८ चैत, २०७३ मा प्रकाशित, 22563 पटक हेरिएको

काठमाडौं, चैत ८ । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले अफ्रिकी मुलुक घानाका रेफ्री जोसेफ लाम्पटेमाथि आजीवन प्रतिबन्ध लगाएको छ ।

रेफ्री लाम्पटेले विश्वकप फुटबल छनौट अन्तर्गत गत नोभेम्बरमा भएको दक्षिण अफ्रिका र सेनेगलबीचको खेलमा गल्तीपूर्ण निर्णय गरेको फिफाको ठहर छ । सेनेगलमाथि २–१ को जित दर्ता गराउँदा दक्षिण अफ्रिकालाई रेफ्री लाम्पटेले नियतबस पेनाल्टी हान्ने अवसर दिएको भेटिएपछि उनी कारवाहीमा परेका हुन् ।

फिफाले यसलाई खेल भावना विपरितको कार्य बताएको छ । रियो ओलम्पिकमा समेत रेफ्रीको भुमिका निर्वाह गरेका लाम्पटेले भने यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।

फिफाले आफुमाथि लगाएको आजीवन प्रतिबन्धविरुद्ध लाम्पटेले अब फिफामै वा खेलकुदसम्बन्धी अन्तर्राष्ट्रिय अदालत कासमा अपिल गर्न पाउनेछन् । लाम्पटेले नियतपूर्वक आफुहरुलाई हराएको भन्दै सेनेगलले फिफामा उजुरी दिएपछि फिफाले छानविन अघि बढाएको थियो ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.