लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

‘सायद–२’को वर्ल्ड प्रिमियर जापानमा, निर्माता र अभिनेता जापानतिर

सोमबार, २५ बैशाख, २०७४ मा प्रकाशित, 5233 पटक हेरिएको

काठमाडौं, वैशाख २५ । नेपाली चलचित्र ‘सायद–२’को वर्ल्ड प्रिमियर यही वैशाख ३१ गते जापानमा हुँदैछ ।

यसका लागि सहभागी हुन निर्माता सुनिल रावल र अभिनेता सुशील श्रेष्ठ सोमबार जापान प्रस्थान गरेका छन् ।

असार ३० गतेलाई नेपाल प्रदर्शन मिति तय गरिएको फिल्मको जापानको टोकियोमा भव्य प्रिमियर हुने निर्माता रावलले बताए ।

निर्माता रावल र अभिनेता श्रेष्ठसँगै सन्चारकर्मीद्वय श्याम अर्याल र सचित खड्का त्यसतर्फ प्रस्थान गरेका हुन् ।

जापानमा बस्दै आएका ईश्वर श्रेष्ठ र सुवास लामिछानेले वर्ल्ड प्रिमियरको चाँजोपाँजो मिलाएका हुन् । श्रेष्ठ र लामिछानेले फिल्मको लगानीमा पनि साझेदारी गरेका छन् ।

मे १४ अर्थात् वैशाख ३१ गते जापानी समयअनुसार साँझ साढे ५ बजे टोकियोस्थित नकानो जेरो हलमा ‘सायद २’ को प्रिमियर हुनेछ ।

जहाँ नेपालबाट गएको टोलीले उपस्थिति जनाउने छ । टोलीले जापानी दर्शकसँग बसेर फिल्म हेर्नेछ ।

फिल्मलाई पुष्पराज न्यौपानेले निर्देशन गरेका हुन् । दुर्गिस फिल्मस्को व्यानरमा बनेको यो फिल्ममा सुशीलसँगै स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे, सुनील रावल, सुशील सिटौला, निशा कार्की, रुबिना श्रेष्ठ, बुद्धिलाल मगरलगायतको अभिनय रहेको छ ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.