लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

‘रातो घर’ जेठ १९ देखि प्रदर्शनमा, ट्रेलरमा यस्तो देखियो (भिडियो)

बुधबार, ६ बैशाख, २०७४ मा प्रकाशित, 12570 पटक हेरिएको

काठमाडौं, वैशाख ६ । निर्देशक सुरज सुब्बा ‘नाल्बो’ लागुपदार्थ दुर्व्यसनीको कथामा फिल्म बनाउन अग्रसर भएका छन् ।

यसअघि, ‘सायद’, ‘बाटोमुनिको फूल’लगायतका सफल चलचित्र निर्देशन गरिसकेका सुब्बा फिल्म ‘रातो घर’मार्फत् दर्शकमाझ आउन लागेका हुन् ।

आगामी जेठ १९ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने यो फिल्मको ट्रेलर सार्वजनिक भएको छ । हालै काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी ट्रेलर रिलिज गरिएको हो ।

‘रातो घर’मा विल्सन विक्रम राई, गौरव पहारी, संयम पुरी, मेनुका प्रधान, अनुराग कुँवर, विकेश श्रेष्ठलगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

फिल्मलाई सुरज सुब्बा, विल्सन विक्रम राई र निकेश लिम्बूले मिलेर बनाएका हुन् ।

फिल्ममा हरि लामाको छायाँकन, बिपीन मल्लको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व, महेश खड्काको शब्द/संगीत रहेको छ ।

ट्रेलर हेर्नुहोस्

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework