लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

विराटनगरमा नमुना मतदान

शुक्रबार, ५ जेष्ठ, २०७४ मा प्रकाशित, 14747 पटक हेरिएको

ध्रुव भट्टराई (इमेज): विराटनगर, जेठ ५ । पहिलो चरणमा तीनओटा प्रदेशमा सम्पन्न स्थानीय तह निर्वाचनको परिणाम आइरहँदा विराटनगरमा भने शुक्रबार नमुना मतदानको आयोजना गरिएको छ ।

मतदाता शिक्षा कार्याक्रमअन्तर्गत् नमुना मतदान आयोजना गरिएको हो ।

पहिलो चरणको निर्वाचनमा धेरै मत बदर भएपछि क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले नमुना मतदान आयोजना गराएको हो ।

त्यसक्रममा निर्वाचन कार्यालयका कर्मचारीहरुले मतदातालाई मत हाल्ने तरिकाका विविध पक्षबारे जानकारी दिएका थिए ।

क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेलले नमुना मतदानमा मतदाताको उत्साहजनक सहभागिता रहेको जानकारी दिए ।

दोस्रो चरणअन्तर्गत् चारओटा प्रदेशमा जेठ ३१ गते स्थानीय तहको चुनाव हुँदैछ ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework