लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

‘पर्यटन, रेल, जलविद्युत्मा लगानी ल्याउनोस्’

सोमबार, २ साउन, २०७४ मा प्रकाशित,

काठमाडौं, साउन ३ । नेपाल चेम्बर अफ कमर्सले नेपालमा ठूला पूर्वाधारका क्षेत्रमा भारतीय लगानी भित्र्याउन नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीलाई आग्रह गरेको छ ।

सोमबार चेम्बर भवनमा एक कार्यक्रम गरी चेम्बरले पर्यटन, रेल, जलविद्युत्लगायतका क्षेत्रमा लगानी ल्याउन आग्रह गरेको हो ।

चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले भारतीय लगानी बढाउन भूमिका खेल्न राजदूतलाई आग्रह गरेका थिए ।

राजदूत पुरीले दुई देशबीच आर्थिक समृद्धिका लागि निजी क्षेत्रले समन्वयकारी भूमिका खेल्नसक्ने बताए ।

नेपालमा जलविद्युत्को धेरै अवसर रहेको र उत्पादित बिजुलीको ठूलो बजार भारत रहेको भन्दै ऊर्जा उत्पादनमा ध्यान दिन आग्रह गरे ।

व्यवसायीहरुले नेपालमा उत्पादित बिजुली तेस्रो मुलुकमा निर्यात गराउनसक्ने गरी अगाडि बढ्न राजदूतमार्फत् भारत सरकारलाई आग्रह पनि गरेका छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework