लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

साना उद्यमीका उत्पादनहरुको प्रदर्शनी

मंगलबार, १३ आषाढ, २०७४ मा प्रकाशित,

काठमाडौं, असार १३ । संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (युएनडीपी)को सहयोगमा उद्यम सुरु गरेका साना उद्यमीका उत्पादनहरुको प्रदर्शनी गरिएको छ ।

युएनडीपीको साना उद्यमी विकास कार्यक्रम (मेडेप)ले मंगलबार ललितपुरमा पहिलो लघु, घरेलु तथा साना उद्योग दिवस मनाउँदै आफ्ना सहयोगमा उद्यमी भएका हरुको उत्पादनको प्रदर्शनी गरेको हो ।

मेडेपले ‘साना उद्योग ठूलो प्रभाव’ नारासहित पहिलो एमएसएमई दिवस मनाएको हो । प्रदर्शनीको ५ हजार बढीले अवलोकन गरेको जनाइएको छ ।

गरिबी निवारण गरी जीवनस्तर उकास्न साना उद्योगको भूमिका महत्वपूर्ण हुने भएकाले यो दिवस मनाउन थालिएको जनाइएको छ ।

सन् १९९८ मा सुरु भएको यस मेडेप कार्यक्रमले हालसम्म मुलुकमा १ लाख १८ हजार उद्यमी तयार गरिसकेको जनाइएको छ ।

यसबाट नेपालको विपन्न समुदाय, दलित र महिला बढी लाभान्वित भएको युएनडीपीकी कार्यक्रम विशेषज्ञ नवीना श्रेष्ठले बताइन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework