लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

खानीमा एक पादरीले फेला पारे बहुमूल्य हिरा, राष्ट्रपतिले दिए धन्यवाद

सोमबार, ७ चैत, २०७३ मा प्रकाशित,

सिएरा लियोन, चैत ७ । पश्चिम अफ्रिकाको सिएरा लियोनमा एक पादरीले हालै फेला पारेको हिरा विश्वकै १० देखि १५ औं ठूलो हिरा मानिएको छ ।

खानीमा सुन्दर ढुंगा ठानेर उनले उठाएको त्यो वस्तु हिरा भएको पत्ता लगाउन कयौं परीक्षण गरिएको थियो । समाचार एजेन्सीहरुका अनुसार खानीमा काम चलिरहेको थियो ।

इम्यानुयेल मोमोह नाम गरेका ती पादरीको आँखा एउटा खास ढुंगामा पुग्यो । उनले त्यसलाई टिपेर नियाँले । तर के हो भन्ने पत्तो पाउन सकेनन् ।

मानिसहरुले त्यसलाई कोइला वा ढुंगाको टुक्रा ठानिरहेका थिए । तर पछि त्यो वस्तु हिराको टुक्रा भएको प्रमाणित भयो ।

७०६ क्यारेटको सो हिरा विश्वकै १० देखि १५ औं ठूलो हिरा मानिएको छ । उक्त हिराको मूल्य ७५ करोड अमेरिकी डलर रहेको छ ।

उक्त हिरा राष्ट्रपति समक्ष लगिएको छ । राष्ट्रपति कोरोमाले हिरा फेला पारेर इमानदारीपूर्वक बुझाएकोमा धन्यवाद दिएका छन् ।

हाल उक्त हिरा सिएरा लियोनस्थित सेन्ट्रल बैंकमा राखिएको छ । सन् १९७२ मा सिएरा लियोनमा फेला पारिएको ९६९ क्यारेटको हिरापछि यो नै सबैभन्दा ठूलो हिरा भेटिएको बताइएको छ । (एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework