लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

काठमाडौंमा छुरा प्रहार गरी हत्या गर्ने युवक पक्राउ

बुधबार, ३ जेष्ठ, २०७४ मा प्रकाशित, 4701 पटक हेरिएको

काठमाडौं, जेठ ३ । छुरा प्रहार गरी एक युवकको हत्या गर्ने कार्यमा संलग्न सिन्धुपाल्चोक बाह्रबिसे घर भइ काठमाडौंको नघलगल्ली बस्ने ‘लम्बु भाइ’, ‘रोनिश’ भन्ने भूषण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

नघलगल्ली–बांगेमुढामा अज्ञात व्यक्तिले छुरा प्रहार गरी घाइते बनाएका अवस्थामा सोमबार राति फेलापरेका काठमाडौं, शंखमुल बस्ने ललितपुर महानगरपालिका, पिलाछेका १९ वर्षीय आतिश लामाको उपचारका लागि वीर अस्पतालतर्फ लैजानेक्रममा बाटैमा मृत्यु भएको थियो ।

सो घटनामा संलग्न श्रेष्ठलाई महानगरीय अपराध महाशाखाको प्रहरीले काठमाडौं, खिचापोखरीबाट मंगलबार पक्राउ गरेको हो । १२ कक्षाको परीक्षा दिएर बसेका श्रेष्ठले पशुपति प्लाजा पार्किङमा काम गर्ने गरेको खुल्न आएको छ ।

उक्त राति अभियुक्त श्रेष्ठ कोठातर्फ जाँदै गर्दा पूर्वपरिचित नभएका दुईबीच बाटोमा भएको विवादमा मृतक लामाले श्रेष्ठको गालामा झापड हान्दै धकेलेपछि दुबै जनाबीच घम्साघम्सी भएको थियो ।

सोहीक्रममा श्रेष्ठले आफ्नो साथमा रहेको चाबी झुन्डाउने रिङमा रहेको छुरा लामालाई प्रहार गरी आफ्नो साथी नवीन तण्डुकारको कोठामा गइ बसेको खुल्न आएको प्रहरीले जनाएको छ ।

श्रेष्ठलाई थप कानुनी कारबाहीका लागि महाशाखाले महानगरीय प्रहरी वृत्त जनसेवा पठाएको छ । रासस

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.