लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
Shaayed 2
Gold & Diamond

किशोरीको शंकास्पद मृत्यु, दाहासंस्कार हुँदाहुँदैको शव प्रहरी नियन्त्रणमा, बाबु फरार

सोमबार, ७ चैत, २०७३ मा प्रकाशित, 19644 पटक हेरिएको

नवलपरासी, चैत ७ । नवलपरासीको हरपुर–८ मुडेरामा एक किशोरीको शंकास्पद मृत्यु भएको छ ।

हरपुर–८ मुडेराकी १४ वर्षीया उर्मिला यादव सोमबार बिहान मृत अवस्थामा फेलापरेकी हुन् ।

मृतक उर्मिलाको दाहासंस्कार हुँदाहुँदै प्रहरीले शव तथा आमा कमलावति यादवलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

मृतकका बाबु शिवनाथ यादव भने घटनापछि फरार रहेको प्रहरीले जनाएको छ ।

घटना अहिलेसम्म रहस्यमय रहेको र यसबारे प्रहरीले अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाले जानकारी दिए । रासस

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया



Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework