लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

ठेक्कापट्टाको विवादमा सबइन्जिनियरलाई कार्यालयमै कुटियो

सोमबार, ७ चैत, २०७३ मा प्रकाशित, 14797 पटक हेरिएको

कृष्ण बोहरा (इमेज): जुम्ला, चैत ७ । जुम्लामा ठेक्कापट्टाको विवादमा एउटा समूहले सोमबार सबइन्जिनियरलाई कार्यालयमै कुटपिट गरेको छ ।

चन्दननाथ नगरपालिका तलिउमका विष्णुबहादुर महत र खोेलीकाटका गगन बुढथापाले सबइन्जिनियर खड्कालाई कुटपिट गरेको पीडितले बताएका छन् ।

सहरी विकास तथा भवन डिभिजन कार्यालय जुम्लाले १० ओटा टेन्डर आह्वान गरेकोमा ती टेन्डर आफूहरुसम्बद्ध कम्पनीको पक्षमा पार्नुपर्ने भन्दै उनीहरुले कार्यालय प्रमुख जगदीश लामिछानेसँग झगडा गरेको र सबइन्जिनियर चन्द्रबहादुर खड्कालाई हातपात गरेको प्रत्यक्षदर्शीले बताएका हुन् ।

मदिरा सेवन गरेका आक्रमणकारीहरुले टेन्डरका लागि परेका निवेदन पनि खोस्ने तथा च्यात्ने कोसिस गरेको कार्यालय प्रमुख जगदीश लामिछानेले बताए ।

आक्रमणपछि भागेका महत र बुढथापालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक गुरुविष्णू काफ्लेले जानकारी दिएका छन् ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.