लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

चरेससहित दुई महिला पक्राउ

आइतबार, ६ चैत, २०७३ मा प्रकाशित, 734 पटक हेरिएको

भीमदत्तनगर, चैत ६ । भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा ८ किलोग्राम लागुऔषध चरेससहित प्रहरीले आइतबार (आज) यहाँ २ महिलालाई पक्राउ गरेको छ ।

पक्राउपर्नेमा रुकुम खलङ्गाका पशुपति शाह र भारत सिमलाका बब्ली हिन्दू रहेका छन् । भीमदत्तनगरपालिका–९ मटेनाको बाटो हुँदै भारततर्फ लैजाँदै गर्दा लागुऔषध नियन्त्रण ब्युरोका टोलीले उक्त परिणामका चरेससहित दुबै महिलालाई पक्राउ गरेको हो ।

“उक्त चरेस अपरिचित व्यक्तिले दिएको दुवै महिलाले दाबी गरेका छन्”– लागुऔषध अनुसन्धान ब्युरोका प्रहरी नायब निरीक्षक टङ्क बुढाले भने, “उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।”

बरामद चरेस र अभियुक्तलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । रासस

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.