लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

छोराको कुटपिटबाट बाबुको मृत्यु, यौन क्रियाकलापमा संलग्न ६ जना पक्राउ

शनिबार, ५ चैत, २०७३ मा प्रकाशित, 18915 पटक हेरिएको

भक्तपुर, चैत ५ । मध्यपुरठिमी नगरपालिका–८ पुरानो ठिमीमा छोराको कुटपिटबाट शनिबार (आज) बाबुको मृत्यु भएको छ ।

गएराति घरायसी झगडा हुँदा ६३ वर्षीय श्रीकृष्ण प्रजापतिलाई उनका छोरा ३५ वर्षीय कृष्णकुमारले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए ।

घाइते प्रजापतिको वीर अस्पतालस्थित ट्रमा सेन्टरमा उपचारका क्रममा शनिबार (आज) मृत्यु भएको महानगरीय प्रहरी वृत्त ठिमीका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए । प्रहरीले कुटपिटमा संलग्न कुमारलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।

यौन क्रियाकलापमा संलग्न ६ जना पक्राउ

महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले यौन क्रियाकलापमा संलग्न तीन पुरुष र तीन महिलालाई शनिबार (आज) पक्राउ गरेको छ ।

भक्तपुर नगरपालिका–११ आदर्श चोकस्थित ट्रपिकल प्याराडाइज रेस्टुरेन्टमा प्रहरी टोलीले छापा मार्दा यौन क्रियाकलापमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरी परिसर, भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले रेस्टुरेन्ट सञ्चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान एवम् कारबाही प्रक्रिया अगाडि बढाएको जानकारी दिए । रासस

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.