लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

लाखौँ रकम ठगी गर्ने ‘झाँक्री’ पक्राउ

मंगलबार, ५ बैशाख, २०७४ मा प्रकाशित, 1634 पटक हेरिएको

नुवाकोट, वैशाख ५ । नुवाकोटको विभिन्न स्थानका व्यक्तिसँग रकम ठगी गरेको अभियोगमा प्रहरीले सिन्धुपाल्चोक बतासेका ज्याम्बल तामाङलाई मंगलबार (आज) पक्राउ गरेको छ ।

नुवाकोट दाङसिंहका तीन महिलासँग ठमेल व्यापार संघको सदस्य बनाइदिने र त्यसबाट राम्रो कमाई हुने प्रलोभन दिएर रु २६ लाख ६४ हजार ठगी गरेको उजुरीका आधारमा तामाङलाई प्रक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।

‘गाउँका सोझासिधा महिलालाई व्यापार संघको सदस्य बनाइदिने र विदेश सामाग्रीको बिक्री गरी दुई वर्षमा दोब्बर रकम कमाई हुने भन्दै पैसा उठाएको पाइया’ प्रहरी निरीक्षक बस्नेतले भने ।

पक्राउ परेका तामाङले प्रहरीसमक्ष दाङसिङका माहिली तामाङसँग रु १० लाख ६४ हजार, सिर्जना लामासँग रु ६ लाख ५० हजार र भीममाया तामाङसँग रु नौ लाख ४० हजार लिएको स्वीकारेका छन् ।

तामाङलाई प्रक्राउ गरेपछि दाङसिंहसहित अन्य स्थानबाट आफूलाई पनि ठगी गरेको भनी उजुरीहरू आइरहेकाले के कति जनासँग कति रकम ठगी गरेको भनी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोकको साविकको बतासे–८ का लामा ‘सेते कुमार’को नामबाट नुवाकोटमा धामीझाँक्री पेसा गर्दै आएका थिए । रासस

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.