लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

भेटियो बल्ने बरफ, विश्व इन्धन आपूर्तिमा नयाँ विकल्प

शुक्रबार, ५ जेष्ठ, २०७४ मा प्रकाशित, 43952 पटक हेरिएको

काठमाडौं, जेठ ५ । चिसो जमेको बरफको टुक्रा अरु ग्यास, पेट्रोल तथा डिजेलजस्तै गरी बल्छ भन्दा तपाइँलाई विश्वास नलाग्न सक्छ । तर, दक्षिण चीनको सामुद्रिक सतहमा पहिलोपटक अति प्रज्वलनशील चिसो बरफ भेटिएपछि भविष्यमा विश्व इन्धन आपूर्तिमा नयाँ आशा थपिएको बताइएको छ ।

 

बीबीसी वर्ल्ड’काअनुसार चिनियाँ अधिकारीहरुले समुद्रको गहिराइभित्र प्रज्वलनशील बरफ भेटिनुलाई ऊर्जासंकटको विकल्प हुनसक्ने बताएका छन् ।

‘मिथेन हाइड्रेट्स’ नाम गरेको उक्त रसायन एकदमै लुप्त तर यसले प्राकृतिक ग्यासलाई भन्डारण गरेर राख्ने भएकाले चिसो बरफकोरुपमा सन्चित भएर बस्ने गर्दछ ।

विश्वका अधिकांश विकशित देशहरुले कैयौं वर्षदेखि मिथेन हाइड्रेट्स नाम गरेको प्रज्वलनशील बरफबारे अध्ययन गरेर निकाल्ने कोसिस गरिरहेका छन् । तर, उक्त रसायन निकाल्न निकै जटिल भएकाले उनीहरु सफल हुन सकेका छैनन् ।

बीबीसीले उल्लेख गरेअनुसार प्रज्वलनशील बरफ पानी र प्राकृतिक ग्यासको संयोजनबाट बनेको हुन्छ ।

नेसनल युनिभर्सिर्टी अफ सिंगापुरका आणविक तथा रासायनिक विभाग प्रमुख प्रा.प्रभिन लिंगाकाअनुसार प्रज्वलनशील बरफ देख्दामा क्रिस्टलजस्तो देखिएपनि नजिकबाट नियाल्दा त्यसमा रहेको आणविक तह देखिन्छ ।

मिथेन हाइड्रेट्सलाई पानीको स–साना कणहरुले छोपेर राख्ने भएकाले यो चिसो बरफ बन्ने र क्रिस्टलजस्तो देखिने गर्दछ ।

अत्यन्तै कम तापमान र उच्चचापको मुनि पाइने भएकाले समुद्रको गहिराइमा रहेको जमिनमुनिमात्र यस्तो बरफ फेलापार्न सकिन्छ र उत्खनन् गर्न निकै जटिल मानिन्छ ।

एक मिटर क्युबिक बरफ बराबर करिब १६० क्युबिक मिटरसम्म ग्यास फैलिने भएकाले यसलाई अतिप्रज्वलनशील इन्धन मानिन्छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework