लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

सिमकोटमा सुविधासम्पन्न होटल खुल्ने क्रम बढ्यो

शुक्रबार, ८ बैशाख, २०७४ मा प्रकाशित, 1853 पटक हेरिएको

हुम्ला, बैशाख ८ । मानसरोवर र कैलाशको मुख्यद्वार मानिने हुम्लाको सदरमुकाम सिमकोटमा सुविधासम्पन्न होटल खुल्ने क्रम बढेको छ ।

केही बर्षयता भारतीय पर्यटक बढ्न थालेपछि जिल्लामा सुविधासम्पन्न होटल खोल्ने बढेका हुन् ।

कैलाश मानसरोवर दर्शनार्थीका लागि मुख्य बासस्थान सिमकोट भएपछि पर्यटकलाई लक्षित गरी स्तरीय होटल खुल्नेक्रम बढेको हो ।

गतबर्षको तुलनामा यस बर्ष मानसरोवर कैलाश जाने दर्शनार्थी बढ्ने अपेक्षा होटल व्यवसायीको छ ।

बैशाखदेखि भदौसम्म पर्यटक आउने मौसम भएको र पर्यटकको संख्या बढ्न थालेपछि सदरमुकाम सिमकोटमा करोडौं लगानी गरेर नयाँ होटल खोल्न थालिएको हो ।

केही नयाँ होटल बन्दै छन् भने पुराना होटल व्यवसायीले पनि स्तरोन्नती गर्दै सुबिधा थप्न थालेका छन् ।

भारतीय र तेस्रो देशका पर्यटक भित्रिने समयमा होटलमा कोठा नपुग हुने भएकाले पनि घर भाडामा लिएर व्यवस्थापन गरिने होटल व्यवसायी बताउँछन् ।

होटलको सुविधाअनुसार भारतीय पर्यटकलाई प्याकेजमा एक रातको खाना र बस्न वापत एक हजार पाँच सयदेखि तीनहजार रुपैंयाँसम्म पर्ने छ ।

गतबर्ष करिब ८ हजार भारतीय पर्यटक आएको सिमकोटमा यस बर्ष १५ हजारसम्म आउने व्यवसायीको अनुमान छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework