लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest
sagoon new
Gold & Diamond

नयाँ शैक्षिकसत्रका लागि चैतमै जिल्लामा पाठ्यपुस्तक उपलब्ध

मंगलबार, ८ चैत, २०७३ मा प्रकाशित, 2140 पटक हेरिएको

ताप्लेजुङ, चैत ८ । ताप्लेजुङका सामुदायिक विद्यालयमा यस वर्ष पाठ्यपुस्तक अभाव नहुने देखिएको छ ।

आगामी शैक्षिक सत्रका लागि नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ ताप्लेजुङले चैतबाटै पुस्तक वितरण शुरु गर्ने भएकाले पठ्यपुस्तक अभाव नहुने भएको हो ।

ताप्लेजुङलाई आवश्यक पर्ने पाठ्यपुस्तकमध्ये अहिले नै ५० प्रतिशतभन्दा बढी पाठ्यपुस्तक सदरमुकाम आईसकेकाले विद्यालयहरुलाई वितरण गर्न थालिने पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ ताप्लेजुङका अध्यक्ष दिनेश भट्टराईले जानकारी दिए ।

कक्षा ९ सम्मका १ हजार सेट र कक्षा १० को १ हजार २ सय सेट पुस्तक आईपुगेको र अरु पुस्तक पनि छिट्टै आउने भट्टराईको भनाई छ । जनक शिक्षा सामग्री केन्द्रमा नै पुस्तक कम भएकाले सबै विद्यालयमा एकै पटक पुग्ने गरी ल्याउन भने केही समय लाग्ने महासंघले जनाएको छ ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.