लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

बलिउड कलाकार रीमाको निधन

बिहीबार, ४ जेष्ठ, २०७४ मा प्रकाशित, 16302 पटक हेरिएको

काठमाडौं, जेठ ४ । बलिउडमा ‘हँसिली आमा’कोरुपमा चर्चित भएकी कलाकार रीमा लागूको ५९ वर्षको उमेरमा उपचारकाक्रममा निधन भएको छ ।

बुधबार (हिजो) टाउको दुखेर मुम्बईस्थित बेन धीरुभाइ अम्बानी अस्पतालमा भर्ना गरिएकी रीमालाई रातको एक बजे अस्पतालले मृत घोषणा गरेको बीबीसीले उल्लेख गरेको छ ।

हिन्दीफिल्म तथा मराठी रंगमञ्चमा सफल आमाको भूमिका निभाएकी रीमालाई भारतीय चलचित्रमा सबैले हँसिली आमाकोरुपमा चिन्छन् ।

टेलिभिजन कार्यक्रममासमेत उनले लोकप्रिय कलाकारकोरुपमा ख्याती कमाएकी थिइन् ।

श्याम बेनेगल निर्देशित फिल्म ‘कलयुग’बाट उनले फिल्मीयात्रा सुरु गरेकी थिइन् ।

रीमाले ‘मैने प्यार किया’, ‘आशिकी’, ‘साजन’, ‘हम आपके है कौन’, ‘वास्तव’ ‘हम साथ–साथ है’जस्ता सफल बलिउड चलचित्रबाट ख्याती कमाएकी थिइन् ।

भारतीय फिल्म क्षेत्रमा उनलाई ‘मदर इन्डिया’ फिल्मकी नायिका नरगिससँग दाँजेर हेरिन्थ्यो ।

सन् १९९० मा म्यूजिकल रोमान्टिक फिल्म ‘मैने प्यार किया’बाट उनी उत्कृष्ट सहनायिकाकोरुपमा फिल्मफेयर अवार्डमा नोमिनेसनमा परेकी थिइन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework