लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

भरतपुरमा गोली प्रहार गरी लुटपाट

शुक्रबार, ५ जेष्ठ, २०७४ मा प्रकाशित,

चितवन, जेठ ५ । भरतपुर महानगरपालिका–२५ शुक्रनगरमा गएराति एक घरका परिवारलाई गोली प्रहार गरी घाइते बनाएर लुटपाट गरिएको छ ।

                                                                प्रतीकात्मक तस्वीर

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले दिएको जानकारीअनुसार एकान्त ठाउँमा घर भएका ३३ वर्षीय गङ्गाराम महतोमाथि गोली प्रहार गरिएको हो । उनकी आमा ५६ वर्षीया आशा साहुनी महतो, बहिनी २५ वर्षीया रामकुमारी महतोको टाउकामा धारिलो हतियार प्रयोग गरी घाइते बनाइएको छ । हारगुहार गरेपछि हेर्न पुगेका छिमेकी ६० वर्षीय साहुराम महतोलाई पनि उनीहरुले कुटपिट गरेका छन् ।

महतोकी श्रीमती २७ वर्षीया कुन्ती महतोसमेत बेहोस भएको प्रहरीले जनाएको छ । उनीहरुलाई कुटपिट गरी घरमा रहेको रु एक लाख ५० हजार, दुई थान सिक्री, एक थान औंठी, एक थान बाला, एक थान मङ्गलसुत्र र चारवटा मोबाइल लुटेराले लगेको थापाले बताए ।

घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । गङ्गारामको टाउकाबाट कटुवा पेस्तोलको गोली झिकिएको छ भने आमा साहुनीको टाउकामा रगत जमेको प्रहरीले जनाएको छ । अन्यको अवस्था खतरामुक्त रहेको छ ।

राति ११ः४५ बजेको समयमा आएका तीनजना अपरिचित व्यक्तिले गोली प्रहार र धारिलो हतियार एवम् ह्यामर प्रयोग गरी आक्रमण गरेर लुटपाट गरेको थापाले बताए । घटनालगत्तै प्रहरी नायब उपरीक्षक नेतृत्वको टोलीले अनुसन्धान थालेको र हेटौँडाबाट कुकुरसहितको अनुसन्धान टोली आउँदै गरेको उनले बताए । (रासस)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework