लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
Shaayed 2
Gold & Diamond

निर्वाचनका लागि भारतबाट घर फर्कनेकोे लर्को

शुक्रबार, ८ बैशाख, २०७४ मा प्रकाशित, 3351 पटक हेरिएको

बाजुरा, वैशाख ९ । बूढीगंगा नगरपालिका–१० का खम्म सार्की स्थानीय तहको निर्वाचन हुने भएपछि भारतबाट घर फर्किएका छन् । उनी ८ वर्षपछि घर फर्किएका हुन् ।

स्थानीय तहको निर्वाचनमा मत हाल्न सार्की दुई महिनाको बिदा लिएर भारतको दिल्लीबाट आएका हुन् । स्थानीय तहको निर्वाचन महत्वपूर्ण भएको उनको भनाइ छ ।

यस्तै, छेडेदह गाउँपालिका–१ का धनसिंह रोकाया तीन महिनाअगाडि मजदुरी गर्न भारत गएपनि एक हप्ताअघि घर फर्किएका छन् ।

रोकाया पनि स्थानीय तहको निर्वाचनका लागि घर फिर्ता भएका हुन् । ‘वडामा उम्मेदवारी दिने योजना बनाएर घर फर्केको हुँ’–रोकायाले भने ।

लामो समयपछि स्थानीय तहको निर्वाचन हुन लागेकाले चौकीदारी काम छोडेर आएको रोकाया बताउँछन् ।

ब्रह्मतोलाका गणेश रौले पाँच महिनादेखि चौकीदारी गर्न भारतको राजधानी नयाँदिल्ली गएका थिए ।

उनी स्थानीय तहको निर्वाचनमा आफ्नो वडामा अध्यक्ष पदमा उम्मेदवारी दिने भन्दै घर फर्किका छन् । ‘मसँगै धरै नेपाली निर्वाचनका लागि घर फर्किएका छन्’–रौलेले भने ।

बेतालमाडौंस्थित बसको टिकट काउन्टरका खड्कराज जोशी भारतबाट दैनिक चार/पाँच सयको संख्यामा नेपाली नागरिक घर फर्कन थालेको बताउँछन् ।

‘बसमा दसैंमाजस्तै घर फर्कनेको चाप देखिन्छ’–उनले भने ।

अधिकांशलाई चुनाव लागेको छ । भारतका विभिन्न सहरमा मजदुरी गर्दै आएका यहाँका बासिन्दा घर फर्कनेक्रम बढेको छ । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...



Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework