लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

अरुण नदी यसरी थुनियो (भिडियोसहित)

शुक्रबार, ८ बैशाख, २०७४ मा प्रकाशित, 19251 पटक हेरिएको

संखुवासभा, वैशाख ८ । संखुवासभाको हटियास्थित स्याक्सिला गोलामा शुक्रबार अरुण नदी थुनिएको छ ।

अरुण नदी थुनिएपछि १५ मिटर गहिरो बाँध बनेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । बरुण नदीले बगाएर ल्याएको ढुंगा–गिटी र बालुवाले अरुण नदीलाई छेकेको हो । बाँध बनेपछि त्यस क्षेत्रका बासिन्दा त्रसित बनेका छन ।

पानीको बहाव पहिलेकै अनुपातमा बगिरहेको भएपनि कुनैपनि बेला बाँधलाई अरुण नदीको बहावले फुटाउनसक्ने खतरा रहेको छ ।

शुक्रबारै स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ, खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्कालगायतले त्यस क्षेत्रको स्थलगत अवलोकन गरेका छन् ।

स्याकसिला–४ का तीन घरमा क्षति पुगिसकेको र सातओटा घर उच्च जोखिममा रहेको जनाइएको छ ।

शुक्रबारै नदी किनारका १० घर–परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

 

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.