लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

माइक्रो र मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, अर्का गम्भीर घाइते

शुक्रबार, ८ बैशाख, २०७४ मा प्रकाशित, 4404 पटक हेरिएको

रुपन्देही, वैशाख ८ । बुटवल उपमहानगरपालिका–१९ पत्थरगन्जमा शुक्रबार दिउँसो माइक्रोबसको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलकाअनुसार बुटवलबाट मानपकडीतर्फ जाँदै गरेको लु१ख ९२६५ नम्बर माइक्रोबस र विपरीत दिशाबाट आउँदै गरेको लु१ प २९७ मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार बुटवल–१४ का २५ वर्षीय झमबहादुर परियार रहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते मोटरसाइकल चालक विमल थापाको अञ्चल अस्पताल बुटवल उपचार भइरहेको छ । रासस

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.