हात्तीको आक्रमणबाट महिलाको मृत्यु

news

पर्सा, असोज १ । पर्साको ठोरी गाउँपालिकामा गएराति हात्तीले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ । 

पर्सा वन्यजन्तु आरक्षबाट आएको जङ्गली हात्तीले आक्रमण गर्दा नुवाकोट घर भई गाउँपालिका–३ विजय बस्तीको खाजा पसलमा काम गर्ने वर्ष २३ की रजिना वाइबाको मृत्यु भएको हो ।

पसलबाट कोठातर्फ जाने क्रममा हात्तीले गरेको आक्रमणमा परेर वाइबाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए । मृतक वाइबाको शव परीक्षणका लागि वीरगञ्ज ल्याउने तयारी भइरहेको छ । 

पर्सा वन्यजन्तु आरक्षबाट आहाराको खोजीमा ठोरी गाउँपालिकामा राति आउने हात्तीको आक्रमणमा परी वर्षेनी पाँचजना बढीले ज्यान गुमाउनु परेको प्रहरीले जनाएको छ । (रासस)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...