सहकार्य गर्न सकिने संस्थाहरुसँग रेडक्रसले थाल्यो छलफल

news

काठमाडौं, असोज १ । नेपाल रेडक्रस सोसाइटीले विपद्का बेला थप मानवीय सहयोग जुटाउने उद्देश्यले सहकार्य गर्न सकिने संस्थाहरुसँग आज छलफल सुरु गरेको छ ।

आन्तरिक स्रोतले मात्र विपदमा सहयोग गर्न कठिनाई हुने गरेको भन्दै रेडक्रस सोसाइटीले सहकार्य गर्न सकिने संस्थासँग छलफल थालेको हो ।

सोसाइटीका अध्यक्ष सञ्जीव थापाले अन्तर्राष्ट्रिय सञ्जाललाई समेत प्रयोग गरेर स्रोत व्यवस्थापनका लागि छलफल गरिएको बताए ।

छलफलमा १८ देशका ४७ जना प्रतिनिधि सहभागी छन् । बैठक भोलिसम्म चल्ने छ ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...