लिम्बुको परम्परागत खाना ‘याङ्वेन’प्रति गैरलिम्बुको आकर्षण बढ्दो (भिडियो)

news

सन्तोष पुर्कुटी

ताप्लेजुङ, असोज १ । ताप्लेजुङमा लिम्बु समुदायको परम्परागत र मौलिक खाना याङ्वेनप्रति गैरलिम्बू समुदाय पनि आकर्षित हुन थालेका छन् ।

पोषिलो र स्वादिलो मानिने याङ्वेनको माग स्थानीयदेखि अन्तर्राष्ट्रियस्तरमा समेत बढ्दै गएको छ । तर यसको उत्पादन भने निकै कम हुने गरेको छ ।

नेपाली भाषामा झ्याउ भनेर चिनिने लिम्बु समुदायको मौलिक खाना याङ्वेन उच्च लेकाली क्षेत्रका वनस्पतीको रुखमा पलाउने एक किसिमको परजीवी खाना हो । उत्तीस, गुराँस र कटुसजस्ता रुखमा पलाउने वनस्पती लिम्बु समुदायले हजारौँ वर्षदेखि प्रयोग गरिरहेका छन् । तर यसको स्वादले भने पछिल्लो समय गैरलिम्बु समुदायलाई झुम्मिने गराएको छ ।

यसलाई तयार पार्न पहिले त लेकका रूखमा पलाउने झ्याउ चिन्नुपर्छ र त्यसलाई बटुलेर खरानी पानीमा निकैबेर उमाल्नुपर्छ । जसलाई सुकाइसकेपछि मासुसँग मिसाएर खाने चलन छ ।

यो खाँदा शक्ति सञ्चय हुनेमात्र होइन, औषधिको समेत काम गर्ने लिम्बू समुदायको विश्वास छ । राजधानी काठमाडौ, पोखरा, ईटहरी, धरानजस्ता ठुलठुला सहरबाट यसको माग आउन थालेको छ । त्यस्तै युके, हङकङ, सिंगापुरमा बसोबास गर्दै आएका लिम्बू समुदायबाट पनि यसको माग आउने स्थानीय याङ्वेन व्यवसायीको भनाइ छ ।

विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...