सिन्धुलीमाडीमा व्यवस्थित बसपार्क नहुँदा यात्रुलाई असुविधा

news

सिन्धुली, असोज १ । सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीमा व्यवस्थित बसपार्क नहुँदा यात्रुलाई असुविधा भएको छ ।

सदरमुकाममा रहेको बसपार्क व्यवस्थित र फराकिलो नहुँदा यातायात व्यवसायीलाई समेत समस्या भएको छ ।

कमलामाई नगरपालिकाको गौमती नदी र लब्धा खोलाको दोभानमा रहेको साँघुरो बसपार्कबाट दैनिक एक सयभन्दा बढी सवारी साधन सञ्चालन हुने गरेकाले ती सवारी साधन पार्किङमा समस्या भएको छ ।

सिन्धुलीमाडीबाट राजधानी काठमाडौं, पोखरा, वीरगन्ज, नारायणघाट, चन्द्रपुर, काँकडभिट्टा, बनेपा–धुलिखेल, जनकपुर, बर्दिबास, मन्थली, चरिकोटलगायतका स्थानमा बस सेवा सञ्चालन हुँदै आएका छन् ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...