ओछ्यानमा अचेत फेला परेका प्रहरी सहायक निरीक्षकको मृत्यु

news

सप्तरी, असोज १ । सप्तरीको भारदहमा गएराति अचेत अवस्थामा फेला परेका एक प्रहरी कर्मचारीको उपचारको क्रममा मृत्यु भएको छ ।

ईलाका प्रहरी कार्यालय भारदह दरबन्दी भइ हाल अस्थायी प्रहरी पोष्ट त्रिकोलमा कार्यरत प्रहरी सहायक निरीक्षक मेघ बहादुर राना मगरको मृत्यु भएको हो ।

गएराति ११ बजे खाना खान बोलाउन जाँदा ओछ्यानमा अचेत अवस्थामा फेला परेका उनको उपचारको क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...