उत्कृष्ट विद्यार्थीलाई साइकल वितरण

news

कपिलवस्तु, असार १ । कपिलवस्तुको विजयनगर गाउँपालिकाले वडा नं. ७ का उत्कृष्ट विद्यार्थीलाई साइकल वितरण गरेको छ ।

वडा नंं ७ का सम्पूर्ण  विद्यालय र मदरसाका कक्षा तथा वडास्तरमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई सम्मान गरिएको हो । त्यस्तै विद्यालयमा बढी हाजिर भएका विद्यार्थीलाई झोला र कापी दिई सम्मान गरिएको हो ।

विद्यार्थीलाई शिक्षाको मूलधारमा ल्याई विद्यालयमा नियमित भर्ना गराउन र गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि विद्यार्थीलाई प्रोत्साहन गर्न साइकल दिई सम्मान गरिएको बताइएको छ । विद्यार्थीमा शिक्षाप्रतिको चासो बढाउनका साथै प्रतिस्पर्धात्मक भावनाको विकास गर्ने उद्देश्यले सम्मान गरिएको वडा अध्यक्ष दिनेशकुमार चौधरीले जानकारी दिए ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...