भूकम्पले हल्लायो बझाङ

news

डीबी विष्ट (इमेज)

बझाङ, जेठ ३१ । बझाङमा भूकम्प गएको छ ।

जिल्लाको छबिसपाथीभेरा गाउँपालिका–४, कोटदरबारनजिक केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

शुक्रबार दिउँसो १२ बजेर २२ मिनेटमा ४ म्याग्निच्यूडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका भूकम्पविद् दीपक बस्नेतले बताए ।

उनकाअनुसार यो २०७२ साल वैशाख १२ गतेको विनाशकारी ‘गोरखा भूकम्प’को पराकम्पन नभइ नयाँ भूकम्प हो ।

भूकम्पले जिल्लामा कुनै क्षति नगरेको प्रहरीले जनाएको छ ।

बझाङबाहेक छिमेकी जिल्लाहरुमासमेत भूकम्पको धक्का महसुस गरिएको जनाइएको छ ।  

यसै वर्षको सुरुआतदेखि बझाङलाई केन्द्रविन्दु बनाएर अहिलेसम्म तीनपटक भूकम्प गएको भूकम्प मापन तथा अनुसन्धान केन्द्रको तथ्यांकमा उल्लेख छ ।

बझाङलाई नेपालमै भूकम्पको उच्च जोखिममा रहेको जिल्ला मानिन्छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...