वीर अस्पतालबाट फरार, बालाजुबाट पक्राउ

news

काठमाडौं, जेठ ८ । प्रहरीले वीर अस्पतालबाट फरार रहेका १६ वर्षीय पदम श्रेष्ठलाई पक्राउ गरेको छ ।

एक बालिकालाई होटलमा लगेर करणी गरेको अभियोगमा पक्राउ परेका श्रेष्ठलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जको टोलीले स्वास्थ्य जाँचकाक्रममा वीर अस्पताल लैजाँदा अस्पतालबाटै मंगलबार राति फरार भएका थिए ।

महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रमुख प्रहरी नायव उपरीक्षक फणीन्द्र प्रसाइँले मंगलबार राति फरार श्रेष्ठलाई बुधबार दिउँसो वृत्त महाराजगन्जबाट खटिएको सादा पोसाकको प्रहरी टोलीले बालाजुबाट पक्राउ गरेको जानकारी दिए ।

पक्राउ श्रेष्ठलाई म्याद थप गर्नुअघि प्रहरीले स्वास्थ्य परीक्षणका लागि अस्पताल लगेको बेला उनी फरार भएका थिए । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...