धर्मनिरपेक्षताको पोस्टर जलाउँदै राप्रपा, विभिन्न जिल्लामा प्रहरी हस्तक्षेप (तस्वीरहरु)

news

काठमाडौं, वैशाख ६ । राष्ट्रिय प्रजातन्त्र पार्टीको पूर्वघोषित आन्दोलन कार्यक्रम अन्तर्गत आज विभिन्न जिल्लामा सो दलका नेता तथा कार्यकर्ताले धर्मनिरपेक्षताको ब्यानर तथा पोस्टर जलाएका छन् ।

कञ्चनपुर, संखुवासभा, मकवानपुर, म्याग्दी, रुपन्देही लगायतका जिल्लामा धर्मनिरपेक्षताको ब्यानर तथा पोस्टर जलाउने कार्यक्रम सम्पन्न भइसकेको सो पार्टीले जनाएको छ । बाँकी जिल्लामा पनि कार्यक्रम सञ्चालन भइरहेको जनाइएको छ ।

घोषित कार्यक्रमअनुसार आज सबै जिल्लामा धर्मनिरपेक्षताको ब्यानर तथा पोस्टर जलाउने कार्यक्रम छ । 

रुपन्देहीमा धर्मनिरपेक्षताको ब्यानर तथा पोस्टर जलाउने क्रममा आफ्ना कार्यकर्तामाथि प्रहरीले हस्तक्षेप गरेको राप्रपाले जनाएको छ । प्रहरी हस्तक्षेपका कारण जिल्ला अध्यक्ष सागरप्रताप राणासहित केही घाइते भएको जनाइएको छ ।

मकवानपुरको हेटौंडामा कार्यक्रमका क्रममा प्रहरीले धरपकड गरेको छ । यस क्रममा आफ्ना कार्यकर्ता कृष्ण बिडारी, अर्जुन खुलाल सामान्य घाइते भएको राप्रपाले जनाएको छ ।

तस्वीर : राप्रपा ट्वीटर

 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...