भारतीय राजदूतसँग सरकार झस्कियो, स्पष्टीकरण लिने !

news

काठमाडौं । राजनीतिक गतिविधिमा चासो राख्दै आएका पूर्वराजा ज्ञानेन्द्र र नेपालका लागि भारतीय राजदूत मञ्वजीवसिंह पुरीबीच गोप्यरुपमा भएको भेटलाई नेपाल सरकारले अवैधको संज्ञा दिएको छ ।

मधेसलाई केन्द्रविन्दु बनाएर मध्य तथा पूर्वी तराईको भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र र राजदूत पुरीबीच जनकपुरमा भएको भेटप्रति परराष्ट्र मन्त्रालयले असन्तुष्टि जनाएको छ ।

तराई भ्रमणमा रहेका बेला राजदूत पुरीले कुटनीतिक मर्यादाभन्दा बाहिर गएर भेट भएको भन्दै राजदूतसँग सोधनी गर्ने निर्णयमा सरकार पुगेको बताइएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अवाञ्छित गतिविधि गर्दै हिंडेका पूर्वराजा ज्ञानेन्द्रसँग भारतीय राजदूतकोले भेट गरेकाले स्पष्टीकरण लिने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए । -नेपाल समाचारपत्र दैनिकबाट

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...