‘नेपालको विकासका लागि वैदेशिक लगानी आवश्यक’

news

काठमाडौं, चैत ८ । स्वीस विकास तथा सहायता नियोगका महानिर्देशक मेनुएर सगेरले विकासका लागि शान्ति र स्थायित्व महत्वपूर्ण पक्ष रहेको बताएका छन् ।

नेपाल–स्वीट्जरल्यान्डबीच द्धौत्यसम्बन्ध स्थापनाको ६० वर्ष पुगेको अवसर पारेर नेपाल भ्रमणमा आएका महानिर्देशक सगेरले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।

नेपालको विकासका लागि वैदेशिक लगानी आवश्यक रहेको भन्दै उनले लगानी जोखिम कम हुनेमा लगानीकर्तालाई आश्वस्त पार्न सुझाए ।

प्राविधिक तालिममा सहयोग गर्दै आएको नियोगले सीप तथा ज्ञान हस्तान्तरणका क्षेत्रमा सहयोग गर्न लागेको उनले बताए ।

लगानीको वातावरणका लागि नेपाल सरकार जानकार रहेको भन्दै सरकारको पहलमा नै वातावरण बन्ने र लगानी आउनसक्ने उनको भनाइ थियो ।

नियोगमार्फत् स्वीस सरकारले २०१८ देखि २०२१ सम्म १४ अर्ब ७० करोड रुपैयाँ बराबर खर्च गर्ने अनुमान गरेको छ ।

नेपाल भ्रमणकाक्रममा उनले अर्थमन्त्री, अर्थसचिव, परराष्ट्रसचिवलगायतसँग भेटवार्ता गरेका छन् ।

यस्तै, उनले नियोगको सहयोगमा सन्चालिन विभिन्न परियोजनाको अनुगमन पनि गरेको नेपालस्थित स्वीट्जरल्यान्ड दूतावासले जनाएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...