क्षयरोगका कारण नेपालमा वार्षिक ‘पाँच हजारको मृत्यु’

news

काठमाडौं, चैत ८ । ‘समय अबको, क्षयरोग अन्त्यको’ भन्ने नारासहित विश्व क्षयरोग दिवस नेपालमा पनि चैत १० गते मनाइने भएको छ ।

राष्ट्रिय क्षयरोग केन्द्रले शुक्रबार पत्रकार सम्मेलन गरी क्षयरोगका कारण नेपालमा वार्षिक पाँच हजारजनाको मृत्यु हुने गरेको जानकारी दिएको छ ।

विश्व स्वास्थ्य संगठनकाअनुसार नेपालमा वर्षेनि क्षयरोगका ४५ हजार नयाँ बिरामी थपिने गरेका छन् । नयाँ र पुराना गरी नेपालमा  ६० हजार क्षयरोगका बिरामी रहेको अनुमान छ ।

राष्ट्रिय क्षयरोग केन्द्रले भने वार्षिक ३२ हजार ४७४ जना नयाँ बिरामी उपचारको दायरामा ल्याएको जनाएको छ । जसमा ६४ प्रतिशत पुरुष, ३६ प्रतिशत महिला र ५ प्रतिशत बालबालिका रहेका छन् ।

पत्रकार सम्मेलनमा केन्द्रका निर्देशक डा. भीमसिंह तिंकरीले स्थानीय र प्रदेश सरकार क्षयरोग नियन्त्रण गराउने अभियानमा सहभागी भए समयमा औषधि ढुवानी हुने र क्षयरोग नियन्त्रण गराउन सकिने बताए ।

हाल देशका चार हजार ३२३ उपचार केन्द्रबाट क्षयरोगको औषधि निःशुल्करुपमा दिने गरिएको छ ।

नियमित औषधि सेवन गर्ने र खानपान तथा जीवनशैलीमा विशेष ध्यान पुर्‍याए क्षयरोग पूर्णरुपमा निको हुने रोग हो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...