‘छाउपडीविरुद्ध कतै उजुरी परेको छैन’

news

काठमाडौं, चैत ८ । राष्ट्रिय मानवअधिकार आयोगले छाउपडी प्रथाविरुद्ध कतैपनि उजुरी नपरेको जनाएको छ ।

शुक्रबार काठमाडौंमा छाउपडीसम्बन्धी राष्ट्रिय जाँचबुझ कार्यक्रमको प्रतिवेदन सार्वजनिक गर्दै आयोगले कुनैपनि जिल्ला प्रहरी कार्यालयमा छाउपडी प्रथाविरुद्ध उजुरी नपरेको जनाएको हो ।

प्रतिवेदनमा १३ वर्षमा छाउगोठमा बस्नेक्रममा १३ महिलाको मृत्यु भएको उल्लेख छ ।

यस्तै, छाउगोठमा बस्नेक्रममा थुप्रै महिलाहरु हिंसाको शिकार भएको उल्लेख छ ।

आयोगका अध्यक्ष अनुपराज शर्माले मानिसमा चेतनाको स्तर वृद्धि नभएसम्म कानुनलेमात्र यो प्रथाको अन्त्य हुन मुस्किल हुने बताए ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मोहना अन्सारीले सुदूरपश्चिम प्रदेशका केही जिल्लाहरुमा छाउपडीले जरा गाडेकाले त्यसको अन्त्य सहज नभएको बताइन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...