चिनियाँ राष्ट्रपति इटालीमा

news

काठमाडौं, चैत ८ । चिनियाँ राष्ट्रपति सी चिनफिङ युरोप भ्रमणकाक्रममा इटाली पुगेका छन् ।

इटालीको राजकीय भ्रमणकाक्रममा उनी श्रीमती पेङ लियुयानसहित रोम पुगेका हुन् ।

चिनियाँ राष्ट्रपति १० वर्षपछि पहिलोपटक युरोप भ्रमणमा निस्किएका हुन् ।

इटाली पुग्नेबित्तिकै लिखित मन्तव्य दिँदै राष्ट्रपति सीले चीन र इटालीबीचको सम्बन्ध समयको आवश्यकताअनुसार अगाडि बढेको बताए ।

आपसी सम्मान, विश्वास र फाइदाका आधारमा चीन र इटालीबीच मित्र र साझेदारीको सम्बन्ध रहेको र यसले उदाहरण प्रस्तुत् गरेको उनको भनाइ थियो ।

राष्ट्रपति सी मोनाको र फ्रान्सको पनि भ्रमणमा जाने कार्यक्रम रहेको छ । (एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...