सरकारले राष्ट्रपतिलाई कार्यकारीजस्तो बनायो : शेखर कोइराला

news

काठमाडौं, चैत ८ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकारले राष्ट्रपतिलाई कार्यकारीकारुपमा अघि बढाइरहेको आरोप लगाएका छन् ।

स्व. नेता गिरिजाप्रसाद कोइरालाको नवौं स्मृति दिवसका अवसरमा शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले राष्ट्रप्रमुख आलंकारिक होस् भनेर गणतन्त्र ल्याएकोमा सरकारले राष्ट्रपतिलाई कार्यकारीजस्तो बनाइरहेको जिकिर गरे ।

‘धर्मको बजार’

नेपालमा अहिले धर्मको बजार खुलेको भन्दै नेता कोइरालाले संविधानमै राज्यले सनातन धर्मको संरक्षण गर्ने र राष्ट्रिय जनावर गाई हुने भन्ने लेखिएकाले त्यसको मर्मअनुसार व्यवहार हुनुपर्ने बताए ।

कार्यक्रममा कांग्रेस नेत्री सुजाता कोइरालाले पार्टीभित्रको गुटबन्दी समाप्त गरी सहमति, सहकार्य र एकतामा पुगेर हरेक समस्याको समाधान गर्न सकिने विश्वास व्यक्त गरिन् ।

यस्तै, अर्का कांग्रेस नेता गगन थापाले नेत्रविक्रम चन्द नेतृत्वको समूहमाथिको प्रतिबन्धले राजनीतिक हिंसा बढाउने जिकिर गरे ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...