साफ महिला च्याम्पियनसिप जितेमा प्रत्येक खेलाडीलाई जनही २ लाख रुपैयाँ

news

विराटनगर, चैत ८ । प्रदेश १ सरकारले नेपालले साफ महिला च्याम्पियनसिप जितेमा प्रत्येक खेलाडीलाई जनही २ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।

विराटनगरमा आज हुने फाइनलमा भारतसँग पराजित भएर नेपाल उपविजेता भएमा पनि प्रत्येक खेलाडीलाई नगद एक लाख दिने प्रदेश सरकारले जनाएको छ ।

यता, नेपाल–भारत फाइनल खेलको टिकट दर बढाइएको भन्दै आज बिहान रंगशाला अगाडि सर्वसाधारणले केहीबेर नाराबाजी गरेका छन् । तर आयोजकले आजका लागि बढाएको टिकट दर नघटाउने निर्णय गरेको छ ।

समर्थकले नाराबाजीसहित टिकट काउन्टर नै बन्द गराएका थिए । विना सूचना टिकट दर बढाइएको भन्दै दर्शकले नाराबाजीसहित टिकट काउन्टर बन्द गराएका हुन् ।

सुरुमा भीआईपीतर्फ तीन सय र साधारणतर्फ दुई सय रुपैयाँ टिकट दर तोकिएको थियो । त्यसको जानकारी दिन राति माइकिङसमेत गरिएको थियो । तर आज बिहान टिकट काट्न जाँदा बढाएर शुल्क ५ सय रुपैयाँ तोकिएको भन्दै समर्थकले विरोधमा नाराबाजी गरेका हुन् । तर अहिले समर्थकले ५ सय रुपैयाँ तिरेरै टिकट काटेका छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...