पार्टी एकता आकस्मिक रुपमा टुंगिन्छ : प्रधानमन्त्री

news

भैरहवा, चैत ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पार्टी एकता आकस्मिकरुपमा टुंगिने बताएका छन् ।

भैरहवा विमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले नेकपाको स्थानीय तहको एकता आकस्मिकरुपमा टुंगिने बताएका हुन् । ‘चुनावी गठबन्धन, पार्टी एकता घोषणाजस्ता नेकपाका धेरै गतिविधि आकस्मिकरुपमा टुंगिएका छन्,’ नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘स्थानीय तहका एकता पनि आकिस्मकरुपमा नै टुंगिनेछ ।’

विखण्डन छाडेर र विकासको बाटोमा आउन सीके राउत सहमत भएको स्मरण गर्दै प्रधानमन्त्रीले नेत्रविक्रम चन्द ‘विप्लव’लाई पनि शान्तिपूर्ण मार्गमा आउन सरकारले अपिल गरेको बताए । ‘तर, विप्लव समूहले विध्वंसात्मक गतिविधि छाडेको छैन,’ उनले भने, ‘विप्लवलाई त्यसो नगर्नु भन्दा चित्त दुखाउनेहरु पनि छन्, उनीहरु देशका हितमा छैनन् ।’

प्रधानमन्त्रीले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एयर रुट मिलाउन भारतीय पक्षसँग छलफल भइरहेको जानकारी दिँदै विमानस्थल सञ्चालन हुनासाथ पर्यटकको आगमन खचाखच हुने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्रीले विमानस्थलको निरीक्षण गर्दै काम छिटो सक्न निर्देशनसमेत दिएका छन् ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...