अम्रिसो र बाँसको व्यावसायिक खेती

news

सिन्धुली, चैत ८ । सिन्धुलीका नदी तथा खोला किनारमा अम्रिसो र बाँसको व्यावसायिक खेती फस्टाएको छ ।

अम्रिसो र बाँसको खेती हुन थालेपछि जैविक विविधताले नदी कटान नियन्त्रण भएको छ । त्यसैगरी अम्रिसो र बाँसबाट बनाइएका सामानको व्यापार बढेर स्थानीयको आयआर्जनमा सहयोग पुगेको छ ।

प्रायः सबै प्रकारका जलवायुमा हुर्कने वनस्पति अम्रिसो र बाँसबाट कुचो, डालो, नाङ्लो, डोकोलगायतका सामान बनाएर बिक्री गरेर स्थानीयबासीले आयआर्जन गर्न थालेका हुन् । यो खेती लोकप्रिय हुँदै गएपछि किसानले व्यावसायिक खेती नै सुरु गरेका छन् ।

सिन्धुलीका विभिन्न स्थानमा उत्पादित बाँस र बाँसका सामग्री राजधानी काठमाडौं, पोखरा, वीरगन्ज लगायतका शहरमा बिक्री हुने गरेको छ । त्यस्तै अम्रिसोको घाँस खसी, बाख्रा, गाई, भैंसीलाई खुवाउँदा पोसिलो हुने भएकाले दूग्ध र मासुजन्य वस्तुको उत्पादनमा वृद्धि भएको छ ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...