‘भीरबाट लड्नेलाई राम–राम भन्ने हो, काँध थाप्न को जान्छ ?’ मन्त्रिपरिषदका २१ निर्णय

news

काठमाडौं, चैत ७ । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको समूहलाई हतियार बिसाएर वार्तामा आउन आग्रह गरेको छ ।

मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्न बिहीबार सन्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सन्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले संवादका लागि सरकार तयार रहेको तर सो समूहले पहिले गोला–बारुद बिसाउनुपर्ने बताए ।

चन्द समूहलाई थप मजबुद् हुन नदिन सरकारले आफ्नो कदम चाल्ने भन्दै उनले ‘भीरबाट लड्नेलाई राम–राम भन्ने हो, काँध थाप्न को जान्छ ?’ भने ।

मन्त्रिपरिषद बैठकका निर्णय

पत्रकार सम्मेलनमा यही चैत ४ गते बसेको मन्त्रिपरिषद बैठकका २१ ओटा निर्णयहरु सार्वजनिक गरिएको थियो ।

जसमा भारतीय सरकारी कम्पनी कोनकान रेलवेज कर्पोरेसन लिमिटेडबाट ८४ करोड ६५ रुपैयाँमा दुई सेट डेमुट्रेड रेल खरिद गर्न रेल विभागलाई स्वीकृति दिइएको छ ।

यस्तै, राष्ट्रिय सुरक्षा नीति, पत्रकार वृत्तिकोष स्थापना तथा सन्चालन निर्देशिका स्वीकृत गर्नेलगायतका निर्णय मन्त्रिपरिषद बैठकले गरेको जनाइएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...