अंगीकृत नागरिकता दिने विधि टुंग्याउन ९ सदस्यीय उपसमिति

news

काठमाडौं, चैत ७ । प्रतिनिधिसभाअन्तर्गत्को राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकतासम्बन्धी विधेयकमा अंगीकृत नागरिकता दिने विधि टुंग्याउन उपसमिति बनाएको छ ।

अंगीकृत नागरिकता दिँदा कुन विधि अपनाउने भन्नेबारे सर्वदलीय सहमति जुटाउन र प्रतिवेदन दिन बिहीबार बसेको समितिको बैठकले ९ सदस्यीय उपसमिति बनाएको हो ।

उपसमितिमा सत्तारूढ दल नेकपाका यशोदा सुवेदी, नवराज सिलवाल र लक्ष्मी चौधरी, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका देवेन्द्रराज कँडेल र मीना पाण्डे, संघीय समाजवादी फोरम नेपालका रामसहाय यादव, राजपा नेपालका राजकिशोर यादव र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल सदस्य छन् ।

उपसमितिलाई १४ दिनभित्र विवादित विषयमा सहमतिसहितको प्रतिवेदन बुझाउन भनिएको छ ।

तराई–मधेसकेन्द्रित दलका सांसदहरुले नेपालमा विवाह गरी आउने विदेशी बुहारीलाई अहिलेझैं तत्कालै नागरिकता दिनुपर्ने व्यवस्था राख्न भनेका छन् भने अरू दलले त्यसमा केही वर्षको सीमा राख्नुपर्ने माग गरेका छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...