‘परिवार योजनाको साधनमा सबैको पहुँच पुर्‍याइन्छ’

news

काठमाडौं, चैत ४ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सन् २०३० सम्म परिवार योजना साधनको प्रयोगदर ७५ प्रतिशत पुर्‍याउने हिसाबले काम भइरहेको बताएका छन् ।

सोमबारदेखि काठमाडौंमा सुरु भएको दुईदिने राष्ट्रिय परिवार योजना सम्मेलनको उद्घाटन गर्दै उनले दिगो विकासको लक्ष्य पूरा गर्न परिवार योजनाको साधनमा सबैको पहुँच पुर्‍याइने बताए ।

स्वास्थ्य मन्त्रालयका वरिष्ठ चिकित्सक डा. सुशीलनाथ प्याकुरेलले स्वास्थ्य संस्थाहरुमा परिवार योजनाको साधन सजिलै उपलब्ध हुँदा यसको प्रयोग बढ्ने बताए ।

कार्यक्रममा राष्ट्रसंघीय परिवार योजना संघकी नेपाल प्रतिनिधि लुना वाकीले नेपालका १५ देखि ४९ वर्षका महिलालाई पनि परिवार योजनाको साधनबारे स्पस्ट जानकारी नभएको बताइन् ।

सम्मेलनमा परिवार योजनाको साधनको प्रयोग बढाउन र मातृशिशु मृत्युदर घटाउने योजना तथा रणनीतिबारे छलफल हुने जनाइएको छ ।

सरकारले सन् २०२० सम्म परिवार योजनाको क्षेत्रमा ७ प्रतिशत बजेट छुट्याउने लक्ष्य लिएकोमा हाल १.०९ प्रतिशतमात्र छुट्याएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...