काठमाडौंमा बर्डफ्लु

news
फाइल तस्वीर ।

जमुना धमला (रासस)

काठमाडौं, चैत ३ । काठमाडौंको ताकेश्वरका दुई कुखुरा पोल्ट्रीफार्ममा बर्डफ्लु भएको पुष्टि भएको छ ।

तारकेश्वर–७ स्थित बस्नेतटोलका श्यामसन्दुर बस्नेतको सागर पोल्ट्रीफार्म र श्यामकुमार बस्नेतको आकाश पोल्ट्रीफार्मका कुखरामा बर्डफ्लु भएको पुष्टि भएपछि २८ हजार कुखुरा नस्ट गरिएको नगर पशुशाखा प्रमुख डा. जयप्रकाश राय यादवले जानकारी दिए ।

उनकाअनुसार गत वर्षपनि यहाँ हाँसमा बर्डफ्लुको संक्रमण देखिएको थियो ।

पुनः कुखुरामा संक्रमण देखिएका कारण अहिलेसम्मको अध्ययनबाट पत्ता लगाउन नसकेको उनले बताए ।

बर्डफ्लु भएको पुष्टि भएपछि सो प्रभावित क्षेत्रमा रहेका पोल्ट्रीफार्मका कुखुरा नस्ट गर्ने काम भइरहेको छ ।

अन्य पोल्ट्रीफार्मका कुखुरामा पनि बर्डफ्लुको लक्षण देखिन थालेकाले परीक्षणका लागि पठाइसकिएको बताइएको छ ।

प्रमुख यादवकाअनुसार चार किल्लाभित्रका पक्षी नस्ट गरी खाडलमा पुरिएकोे छ । खाली रहेका खोरलाई पनि निःसंक्रमण गरिएको छ ।

बर्डफ्लु प्रभावित क्षेत्रका कुखुरा फार्ममा चुना र ‘भिर्काेन स्प्रे’ छर्ने काम भइरहेको बताइएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...