‘कपिलवस्तुका पर्यटकीय र पुरातात्विक क्षेत्रको अन्वेषण प्राथमिकतामा’

news

बासुदेव वर्मा (इमेज)

कपिलवस्तु, चैत २ । प्रदेश नम्बर–५ का मुख्यमन्त्री शंकर पोखरेलले कपिलवस्तुका पर्यटकीय र पुरातात्विक क्षेत्रको अन्वेषणकार्य आगामी वर्षको प्राथमिकतामा राखिएको बताएका छन् ।

शनिबार कपिलवस्तुका विभिन्न स्थलको भ्रमण गर्नेक्रममा उनले प्रदेश–५ को समृद्धिको आधारकारुपमा यस क्षेत्रका पर्यटकीय र पुरातात्विक सम्पदाको विकास गर्नुपर्ने धारणा राखे ।

मुख्यमन्त्री पोखरेलले सम्पदाका हिसाबले कपिलवस्तु अत्यन्त समृद्ध क्षेत्र भएकाले अन्वेषण र विस्तृत् अध्ययन गरेर विकास गर्नुपर्ने बताए ।

कपिलवस्तुमा भगवान् बुद्धसम्बन्धी महत्वपूर्ण स्थलहरु रहेका छन् ।

मुख्यमन्त्री पोखरेलले एसियामा सबैभन्दा ठूलो शिवलिंग रहेको दाबी गरिएको तौलेश्वरनाथ मन्दिरको दर्शन तथा पूजा–अर्चनासमेत गरेका थिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...