प्रधानसेनापति थापालाई भारतमा मनार्थ महारथीको दर्ज्यानी

news

काठमाडौं, पुस २८ । भारतका राष्ट्रपति रामनाथ कोविन्दले प्रधानसेनापति महारथी पूर्णचन्द्र थापालाई भारतीय स्थलसेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

भारतको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति थापालाई शनिबार नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति कोविन्दले सो चिह्न प्रदान गरेको नेपाली सेनाले जनाएको छ ।

नेपाल र भारतीय सेनाबीच रहिआएको परम्परागत आपसी सम्बन्धअनुरुप दुवै देशका सेना प्रमुखलाई कदरस्वरुप सन् १९५० देखि सो दर्जा दिने प्रचलन रहिआएको छ ।

भारत भ्रमणका लागि शुक्रबार त्यसतर्फ गएका प्रधानसेनापति थापाले नयाँदिल्लीस्थित नेसनल डिफेन्स कलेजको निरीक्षण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...