मोदी र भारतीय जनता पार्टीको प्रचार गरेको भन्दै ‘नमो’ च्यानललाई निर्वाचन आयोगको निर्देशन

अनुमति नलिई अहिले प्रसारण भइरहेका सामग्री तत्काल रोक्न पनि आयोगले निर्देशन दिएको छ ।

सुडानमा राष्ट्रपतिलाई पक्राउ गरी सैन्य शासन लागू गरिएको विरोधमा प्रदर्शन

राष्ट्रपति ओमरको विरोधमा महिनौंदेखि प्रदर्शन गर्दै आएकाहरुले सैन्य शासन पनि ओमरको शासनभन्दा फरक नहुने भन्दै प्रदर्शन गरेका हुन् ।

सुडानमा सेनाले गर्‍यो ‘कू’, राष्ट्रपति बसिर पक्राउ

सुडानमा सेनाले ‘कू’ गरी सत्ता हातमा लिएको छ ।

विकिलिक्सका संस्थापक जुलियन असान्ज पक्राउ

लन्डनस्थित इक्वेडरको दूतावासबाट उनलाई पक्राउ गरिएको हो । असान्ज सन् २०१२ देखि इक्वेडरको दूतावासमा शरण लिइरहेका थिए ।

भारतमा आजदेखि लोकसभाको निर्वाचन हुँदै, ९० करोड भारतीयले मतदान गर्ने

अन्तिम मतदान मे १९ तारिखमा हुनेछ । १७ औं लोकसभा गठनका लागि ९० करोड भारतीयले आफ्नो मताधिकार प्रयोग गर्ने निर्वाचन आयोगले जनाएको छ ।

विश्वमा फाँसीको घटनामा कमी, चीनले भने एक हजारलाई मृत्युदण्ड दिएको अनुमान : एम्नेस्टी

एम्नेस्टी इन्टरनेसनलले गएको वर्ष अर्थात् सन् २०१८ मा फाँसीको घटना कम भएको जनाएको छ ।

इजरायलमा नेतान्याहू पाँचौ पटक प्रधानमन्त्री बन्दै

प्रधानमन्त्री नेतान्याहूको लिकुड पार्टी बढी सीट जितेर ठूलो दल बनेकाले उनी फेरि अर्थात् पाँचौं पटक पनि प्रधानमन्त्री हुने सम्भावना बढेको छ । त्यसका लागि उनले साना दलसँग सहकार्य गर्नुपर्ने छ ।

जापानको लडाकु विमान दुर्घटना

राडारसँग सम्पर्क टुटेको एक दिनपछि एफ–३५ लडाकु विमानको भग्नावशेष प्रशान्त महासागरमा भेटिएको छ ।

ब्राजिलमा भारी बर्षापछि आएको बाढीमा ९ जनाको मृत्यु

ब्राजिलको रियो दि जेनेरियोलगायतका शहर बाढीबाट बढी प्रभावित भएका छन् ।

पाकिस्तानी प्रधानमन्त्री भन्छन्– मोदीले फेरि जिते शान्ति वार्ता हुन सक्छ

उनले कश्मीरका विषयमा दुई देशबीच शान्ति वार्तामार्फत नै समाधानमा पुग्न सकिने विश्वास व्यक्त गर्दै मोदी दोस्रो पटक पनि प्रधानमन्त्री भएमा यस दिशामा प्रगति हुनसक्ने विश्वास व्यक्त गरेका हुन् ।