सामाजिक सञ्जाललाई करको दायरामा ल्याऊ : महालेखा

सेयरबजारमा सामूहिक लगानीका लागि स्थापना भएका म्यूचुअल फन्डले आफ्नो कुल आर्जनको ३० प्रतिशत कर तिर्नुपर्नेमा त्यस्तो नभएको पाइएको छ ।

सुरक्षा निकायका पेट्रोल पम्प : नेपाल प्रहरीको तुलनामा सशस्त्र प्रहरीको पम्प कम भएर पनि खर्च बढी !

पेट्रोल पम्पको संख्याका आधारमा नै कर्मचारी र खर्चमा अन्तर हुनुपर्ने हो । सामान्य अर्थमा बुझ्नुपर्दा बढी संख्यामा पेट्रोल पम्प सञ्चालन गर्नका लागि बढी कर्मचारी र खर्च लाग्नुपर्ने हो ।

तीन महिनासम्म विना विभागीय मन्त्रीका नाममा एक करोड १७ लाख ६० हजार रुपैयाँ खर्च

शेरबहादुर देउवा नेतृत्वको सरकारमा तत्कालिन माओवादी केन्द्रका मन्त्रीहरु तीन महिनासम्म विना विभागीय हैसियतमा थिए ।

फेवा नववर्ष महोत्सव सुरु

पोखराको फेवा किनारस्थित कोमागाने पार्कमा १६औं फेवा नववर्ष महोत्सव २०७६ सुरु भएको छ ।

निगमको जहाज रोकिनु ‘एटीसी र निगम दुवैको गल्ती’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यही चैत १९ गते राति युनाइटेड अरब इमिरेट्सको दुबई उड्न लागेको नेपाल वायुसेवा निगमको जहाज विमानस्थलमा रोकिएको घटनामा एअर ट्राफिक कन्ट्रोलर (एटीसी) र निगम दुवैको गल्ती भएको पाइएको छ ।

विद्युत् प्राधिकरणको नाफा तीन अर्ब

वि.सं. २०७३ भदौ मसान्तमा घिसिङ कार्यकारी निर्देशकमा नियुक्त हुँदा प्राधिकरण रु ८ अर्ब ८९ करोड खुद नोक्सानीमा थियो ।

विद्युत् प्राधिकरणले गर्यो झण्डै तीन अर्ब कमाई, कुलमानको व्यवस्थापकीय कुशलता

महालेखापरीक्षक कार्यालयको लेखापरीक्षण प्रतिवेदनअनुसार कार्यकारी घिसिङको नेतृत्वमा प्राधिकरणले गत आर्थिक वर्ष २०७४/७५मा २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको हो ।

आर्थिक अनुशासन ध्वस्त, यस वर्ष मात्रै १ खर्ब ६ अर्ब ३४ करोड बेरुजु, ३ खर्ब ७७ अर्ब कूल बेरुजु

यो वर्ष थप भएको १ खर्ब ४१ अर्ब ५ करोडसमेत गरी ३ खर्ब ७७ अर्ब ४८ करोड बराबर बेरुजु फस्र्यौट हुन बाँकी रहेको छ । संघीय निकायतर्फ ५ दशमलव २९ प्रतिशत बेरुजु देखिँदा प्रदेशमा ७ दशमलव २५ प्रतिशत बेरुजु देखिएको छ । स्थानीय तहमा भने ४ दशमलव २२ प्रतिशत बेरुजु देखिएको छ ।

चार दिनमा ६४ जनाले लिए मलेशियाका लागि श्रम स्वीकृति

सरकारले यही चैत १७ गतेदेखि खुला गरे पनि कार्यालयले भने २५ गतेबाट श्रम स्वीकृति दिन थालेको कार्यालयका महानिर्देशक देवेन्द्र कार्कीले जानकारी दिए ।